मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 11:44:10 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सहकार्य तथा युथ फर सोसल ट्रान्सफर्मेसन नेपालको आयोजनामा वित्तीय साक्षरता र प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । अनामनगर स्थीत युथ फर सोसल ट्रान्सफर्मेसन नेपालको कार्यालयमा भएको कार्यक्रममा जडिबुटि क्षेत्रमा बसोबास गर्ने २० जना भूमिहिन महिलाहरुको सहभागितामा थियो ।

कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी लघुवित्त संस्थाले प्रदान गर्ने सेवा सुविधाको साथै वित्तीय साक्षरताको अर्थ, आवश्यकता र महत्व, नोटको जतन , पैसालाई कसरी सदुपयोग गर्ने, आम्दानी, खर्च, बचत, कर्जा, बैंकको प्रकार, बीमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन आदिको बारेमा छलफल र भिडियो प्रर्दशनीमार्फत जानकारी गराइएको संस्थाले जनाएको छ । 

साथै प्रजनन स्वास्थ्यमा परिवार नियोजन, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य स्याहार, गर्भपतनको कारणहरुबाट उत्पन्न हुने समस्याहरुको रोकथाम तथा उपचार, यौन रोग/संक्रमण र एच.आई.भी./एड्स, बाँझोपनको रोकथाम तथा उपचार, किशोर किशोरीहरुको प्रजनन् स्वास्थ्य , प्रौढ महिलाका प्रजनन् स्वास्थ्य समस्या यस्का अतिरिक्त लैङ्गिक समानतामा सशक्तिकरण, पुरुषको सहभागीता, यौन तथा प्रजनन् अधिकार तथा मानव जीवन चक्रको प्रत्येक अवस्थामा उपयुक्त स्वास्थ्य सेवा पाउने कुराको बारेमा जनचेतना मुलक कार्यक्रम पनि गरेको संस्थाले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved