जनसेवी लघुवित्तको मुनाफा ३८० प्रतिशतले बढेको छ ।अघिल्लो आर्थिक बर्षमा ६० लाख ५२ हजार मात्र नाफा आर्जन गरेको संस्थाले गत आर्थिक बर्ष २ करोड २९ लाख ५९ हजार नाफा कमाएको हो ।
संस्थाका प्रमूख कार्यकारी अधिकृत कमल खत्रीले लक्ष्य भन्दा ९ प्रतिशतले बढी मुनाफा कमाएको बताएका छन् । संस्थाले गत आर्थिक बर्षको अन्तसम्ममा ६६ करोड ११ लाख कर्जा लगानी गरेको छ । त्यस्तै संस्थाले १७ हजार सदस्यबाट १९ करोड ६३ लाख बचत रकम संकलन गरेको छ ।
हाल कम्पनीको चुक्ता पुंजी १४ करोड ४३ लाख ३० हजार रहेको छ । संस्थाले गएको आर्थिक बर्षमा ४ वटा शाखा कार्यलय थप गरी २५ वटा कार्यलय मार्फत सेवा प्रदान गरिरहेको छ ।
कम्पनीले कालिका लघुवित्तसँग मर्जरको लागि सम्झौता गरेको छ ।