लक्ष्मी लघुवित्त र सक्षम बीच आधुनीक प्रविधि खरिद सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 10:47:12 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त वित्तीय संस्था र युके एड सक्षम एक्सेस टु फाइनान्स बीच  डिजिटल प्रविधी मार्फत वित्तीय पहुँच विस्तार गर्र्न केन्द्रिकृत सफ्वेर गरिद गर्ने सम्झौता भएको छ । 

ग्रामीण भेगमा पनि वित्तीय पहुँचलाई थप शशक्त बनाउने उदेश्यले उक्त सम्झौता गरिएको लक्ष्मी लघुवित्तले जनाएको छ । शुक्रबार भएको सम्झौतामा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र सक्षमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् । 

लघुवित्त सेवा प्रवाहको माध्यमलाई अन्तर्रा्ष्ट्रिय स्तरको प्रविधि मैत्री बनाउने उद्देश्यले नयाँ केन्द्रीकृत सफ्टवेयर खरिद गर्नका लागि सम्झौता भएको लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा बताउँछन् । 

कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्माले भने “ग्रामीण भेगका पिछडिएका वर्गहरुलाई सुरक्षित तवरले छिटो, छरितो लघुवित्त सेवा प्रदान गर्न नयाँ आयाम थप्न महत्वपूर्ण भूमिका नयाँ प्रविधिले सहयोग गर्छ ।’ माइक्रोफइनान्सलाई रुर्लर माइक्रोफाइनान्सको भेइकलको रुपमा विकशित गर्न पनि प्रविधि आवाश्यक रहेको उनको भनाईं छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved