नेष्डो समृद्ध र नेपाल एग्रो लघुवित्तबीच मर्जर सम्झौता, एफपीओ निष्काशन गर्ने सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2019 | 09:26:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाबीच गाभ्ने गाभिने सम्बन्धमा सहमति भएको छ। कुश्मा पर्वत बेस नेष्डो र पोखरा कास्की बेस नेपाल एग्रोबीच असोज १७ गते  यस सम्बन्धमा सहमति भएको हो। 

नेपाल राष्ट्र बैंकबाट 'घ' बर्गको कारोबार प्राप्त दुवै संस्था एक आपसमा गाभिएर बन्ने संस्थाको नाम नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहने जनाइएको छ। त्यस्तै संचालक समितिको अध्यक्षमा नेष्डो समृद्धका विश्व प्रकाश प्रसाई र प्रमुख कार्यकारी अधिकृतमा नेपाल एग्रोका सीईओ तेजेन्द्र शर्मा लम्साल रहनेछन। त्यस्तै संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका, वडा नं १७ मा रहनेछ। नेष्डो समृद्ध हाल १७ जिल्लामा कार्यरत छ भने नेपाल एग्रो १० जिल्लामा कार्यरत छ।  स्वाप अनुपात १:१ रहने जनाइएको छ   । 

त्यस्तै मर्जर पश्चात बन्ने 'नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था' को चुक्तापुंजी २३ करोड २२ लाख ४४ हजार ४७० रुपैयाँ कायम हुनेछ। नेष्डो समृद्धको हालै जारी गरेको हकप्रद शेयर समेत १७ करोड ५० लाख पुँजी कायम गरिएको छ भने र नेपाल एग्रोको वोनस शेयर समेत ५ करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँ कायम गरिएको छ। 

त्यस्तै संस्थापक तथा सर्वसाधारणको शेयर अनुपात ७० र ३० प्रतिशत कायम राख्ने सहमती वमोजिम नेपाल एग्रोको सर्वसाधारणमा शेयर वितरण भै सकेकोले उल्लेखित अनुपात अनुसारको रकम मात्र पुनः एफपिओ जारी गरी सर्वसाधारणवाट शेयर संकलन गरिने भएको छ। एकिकृत कारोवार शुरु गरे पश्चात प्रचलित कानूनी प्रक्रिया पुरा गरी सर्वसाधारणवाट शेयर संकलन गरे पश्चात संस्थाको कुल चुक्ता पुँजी ३० करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँ पुर्याउने संझौतामा उल्लेख छ ।     

दुवै संस्थाको वर्तमान अवस्थालाई एकिकृति गर्दा जिल्ला संख्या २२, शाखा संख्या ८२, आवद्ध सदस्य संख्या ९८ हजार, कर्जा लिने सदस्य ५८ हजार , लगानीमा रहिरहेको कर्जा ४ अर्ब १ करोड एवम् कुल निक्षेप २ अर्व ४ करोड रहने संयुक्त मर्जर समितिका संयोजक सावित्री खत्री क्षेत्रीले बताएकी छन। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved