आरम्भ लघुवित्त वित्तीय संस्था Aarambha Micro Finance Bittiya Sanstha Limited ले “लघुउद्यम विकास तथा केन्द्र ब्यवस्थापन तालिम” संम्पन्न गरेको छ । कम्पनीले मङ्सिर १ र २ गते आफ्ना २० वटा शाखा कार्यालयका ३९ जना कर्मचारीहरुलाई तालिम प्रदान गरेको हो ।
तालिममा प्रशिक्षकहरु लेखनाथ दाहाल (नापि कार्यालय), पूर्ण बहादुर के.सी. (मालपोत कार्यालय), प्रशान्त उपाध्याय (सेन्चुरी कमर्शियल बैंक ), पवन कुमार श्रेष्ठ, युवराज पौडेल शर्मा, हरि प्रसाद सापकोटा, सन्तोष थापा, रिपेन्द्र दहाल, दिल बहादुर थापामगर, होम प्रसाद अधिकारी, कमल प्रसाद बरालले प्रशिक्षण दिएका थिए ।
सहभागीहरुले धितो मूल्याकन, जग्गाको छनौट, परियोजना छनौट, आय आर्जन, स्वरोजगार र ब्यवसाय बीच भिन्नता, संक्षिप्त ब्यवसायिक योजना, जग्गा रोक्का प्रक्रिया, केन्द्र ब्यवस्थापन सम्बन्धी सम्पूर्ण विषयहरु, जोखिममा रहेको कर्जा नियन्त्रण तथा ब्यवस्थापन आदि बारेमा जानकारी लिएका थिए ।
कम्पनीले १५ वटा जिल्लाहरुका २० वटा शाखा कार्यालयहरु मार्फत करिब १७,००० ग्राहक सदस्यहरुलाई सेवा प्रदान गरी रहेको छ । हाल संस्थाको चुक्ता पूँजी ६ करोड रहेको छ भने जगेडा कोषमा १ करोड १८ लाख जम्मा रहेको छ । संस्थाको खुद ब्याज आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशत बढेर रु. १ करोड १० लाख पुगेको छ । गत आ.व.को पहिलो त्रैमासमा रु. ९ लाख २३ नोक्सानमा रहेकोमा यस आ.व.को पहिलो त्रैमासमा संचालन मुनाफा रु. ५० लाख ६९ हजार पुगेको छ ।
नेपालको आर्थिक अनलाइन पत्रिका