लक्ष्मी लघुवित्तले मनायो ९ औ वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2019 | 07:58:23 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त वित्तीय संस्था Laxmi Laghubitta Bittiya Sanstha Limited  ले विभिन्न कार्यक्रम गरि नवौ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा संस्थाले आफ्नै भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। त्यस्तै काठमाण्डौको बुढानिलकण्ठ–४ चण्डेश्वरी स्थित पवित्र समाज नेपाल द्धारा सञ्चालित अनाथ बालबालिका तथा बृद्धबृद्धा आश्रमलाई खाद्य सामाग्रीहरु तथा लत्ताकपडा उपलब्ध गराएको छ।

त्यस्तै विभिन्न शाखा कार्यालयहरुबाट स्थानिय स्तरका विद्यालयहरुमा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम पनि संचालन गरेको कम्पनीले जनाएको छ  ।

नेपाल राष्ट्र बैंकबाट २०६८ फाल्गुण २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त यस संस्थाले २०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेको थियो । हाल कम्पनीले ५२ जिल्लाका  ६७ वटा शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । 

लक्ष्मी लघुवित्त लक्ष्मी बैंकको सहायक कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved