प्राप्तिपछि नागरिक र वोमी लघुवित्तको एकीकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 09:49:18 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha Limited  ले नागरिक लघुवित्तलाई गाभेपछि मङ्सिर ३० गतेदेखि एकिकित कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मङ्सिर ६ गते दुवै संस्थालाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो । अन्तिम स्वीकृति संगै यी दुईले ओमी लागुबित्ता वित्तीय संस्थाको नामबाट एकिकित कारोबार सुरु गर्न लागेका हुन् । 

चितवनको भरतपुरमा केन्द्रिय कार्यलय रहेको वोमी लघुवित्तले काभ्रेको बनेपामा केन्द्रिय कार्यलय रहेको नागरीक लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो । वोमीले नागरीकलाई १०० बराबर ७२ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । प्राप्तिपछि बन्ने संस्थाको चुक्ता पुँजी २५ करोड २५ लाख पुग्ने वोमी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले बताए । 

हाल नागरीकको चुक्ता पुँजी ७ करोड र बोमी लघुवित्तको २० कारोड २१ लाख रुपैयाँ पुँजी रहेको छ । नागरीक लघुवित्तले साधारण शेयर (आइपीओ) जारी नगरेकोले एक्वायर पछी बन्ने संस्थाको शेयर संरचना अनुपात पनि परिवर्तन हुने भएको छ । हाल वोमी र नागरिकको संस्थापक र सर्वसाधारण शेयर संरचना अनुपात क्रमश ५१ः४९ र ७०ः३०  रहेको छ । मर्जरपछि बन्ने संस्थाको शेयर संरचना ६०ः४० बन्ने प्रमुख कार्यकारी अधिकृत आचार्यले बताए । 

राष्ट्रिय स्तरको वोमीले ४ देखी १० जिल्ला कार्यक्षेत्र भएको नागरीकलाई एक्वायर गरेपछी केन्द्रीय कार्यलय बनेपामा हुनेछ भने संस्थाको प्रमुख कार्यकारी वोमीका आचार्य नै  हुनेछन । त्यस्तै अध्यक्षमा पनि वोमीका विन्दिया प्रधान रहने र नागरीकबाट एक जना संचालक आउने आचार्यले जानकारी दिए ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved