गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स Guheswori Merchant Banking & Finance Limited ले रुपन्देहीको खैरेनीमा नँया शाखा सन्चालनमा ल्याएको छ । देवदह नगरपालीकाका मेयर हिरा वहादुर खत्रीबाट शाखा कार्यालयको उद्घाटन गरेका हुन ।
यससंगै सस्थाको प्रदेश नम्बर ५ मा ३ वटा र देशैभर जम्मा सोह्र वटा शाखा कार्यालयहरु संचालनमा आएकोे छ ।
संस्थाले निक्षेप संकलन रु. ४ अर्ब १३ करोड तथा कर्जा रु. ३ अर्ब ३४ करोड प्रवाह गरेको छ । २०७६ आश्विन मसान्त सम्ममा रु. २ करोड ३४ लाख संचालन मुनाफा गरेको कम्पनीको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. २३ करोड ७२ लाख रहेको छ ।