लघुवित्तका मालिकहरुको पनि संघ जन्मदै, कसले गर्दैछ नेतृत्त्व ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2019 | 07:24:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको वित्तीय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको लघुवित्तलाई थप सशक्त र बलियो बनाउने उदेश्यले लघुवित्तका अध्यक्षहरुको संगठन जन्मिने भएको छ। 

चौतारी लघुवित्त वित्तीय सँस्थाका अध्यक्ष जगत बहादुर पोखरेलको नेतृत्त्वमा लघुवित्तका अध्यक्षहरुको संगठन दर्ता गर्ने प्रकृया अघि बढेको स्रोतको भनाई छ। 

'संस्था गठन प्रकृया धेरै अघि बढिसकेको छ, आवश्यक छलफल भईसकेको छ, तदर्थ समिति गठन भएको छ, अब बस्ने पूर्ण बैठकले संस्थाको नाम, नेतृत्त्व लगायतका प्राविधिक बिषयहरुको टुंगो लगाउँछ' स्रोतले बताएको छ। यस संस्थाले देशभरिका सबै राष्ट्रिय, क्षेत्रीय र प्रादेशिक लघुवित्तहरुलाई समेटेर काम गर्ने बताइएको छ। अहीले संस्था दर्ता प्रक्रियामात्रै सुरु भएको र त्यसलाई कुन रुपले अगाडी बढाउने भन्ने विषय छलफलकै क्रममा रहेको स्रोतको भनाई छ।

पछिल्लो समय बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन जस्तै संचालकहरुको समेत छाता संगठन बनाउने अभ्यास सुरु भएको छ। सीईओहरुको क्लबले मात्रै सबै नीतिगत काम गर्न नसक्ने भन्दै यसअघि नै बाणिज्य बैंकका अध्यक्षहरुको छाता संगठन स्थापना भईसकेको छ। 'बैंक तथा वित्तीय संस्था परिषद नेपाल' नाम राखिएको उक्त संस्थाको अध्यक्ष एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान छन। 

नियामक निकायहरुबाट विभिन्न किसिमका दवाबहरु आउँने भएकोले लघुवित्तको क्षेत्रमा उपस्थिति दरिलो बनाउन अध्यक्षहरु संगठित हुनु पर्ने आवाज उठ्दै आएको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved