२ लघुवित्तले गरे मर्जर सम्झौता, राष्ट्रिय स्तरको बन्ने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2019 | 09:43:49 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिक नेपाल लघुवित्तले बुद्धज्योति लघुवित्तलाई गाभ्ने भएको छ । शुक्रबार २ संस्थाबीच मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो 

बाँकेको कोहलपुरमा रहेको युनिक नेपालले रुपन्देहीको भैरहवामा रहेको बुद्धज्योतिलाई प्राप्ति गर्ने भएको हो । प्राप्तिपछि बन्ने संस्थाको नाम युनिक नेपाल लघुवित्त रहने छ भने मुक्य कार्यालय हालको युनिक नेपालको कार्यालय रहेको स्थानमा रहने छ ।

डिडिए रिपोर्ट अनुसार स्वाप रेसियो कायम गर्ने सम्झौतामा उल्लेख छ । हाल युनिक नलाको चुक्ता पुंजी ७ करोड छ भने बुद्धज्योतिको १ करोड २० लाख रहेको छ । मर्जपछि बन्ने संस्थामा बुद्धज्योतिको एक जना संचालक रहने छ भने सीइओ युनिक नेपालले पाउने तथा डेपुटी सीइओ बुद्धज्योतिले पाउने सहमति भएको छ ।

३ महिना भित्र मर्जरको काम सक्ने तथा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ६५:३५ कायम हुने गरी आईपिओ निष्काशन गर्ने सहमति भएको छ । मर्जरपछि राष्ट्रिय स्तरको कम्पनी बन्ने लक्ष्यका साथ कार्य आगाडी बढाईने कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved