सिरहाको खैरबोनामा मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited को नयाँ शाखा विस्तार भएको छ । सिरहाको सखुवानन्कारकट्टी गा.पा. –४ स्थित खैरबोनामा उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।
संस्थाका अध्यक्ष शिव प्रसाद साह र सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन्। संस्थाको यो नयाँ शाखा सहित ३२ शाखा सञ्चालनमा आएका छन ।