नेपाल एग्रो लघुवित्तको लाभांश पारित , को को बने संचालक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2019 | 02:30:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एग्रो लघुवित्तको लाभांश पारित भएको छ । कम्पनीको शनिवार सम्पन्न चौथो साधारणसभाले शेयरधनीहरुलाई आर्थिक बर्ष ७५/७६ को मुनाफा १५ प्रतिशतका दरले वोनश शेयर वितरण गर्न प्रस्ताव पारित गरेको हो । 

साधारणसभाले पारित गरेसंगै  कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ७४ लाख ६६ हजार ६ सय ७० रुपैयाँ बराबरको बोनस शेयर  र त्यसको कर प्रयोजनको लागि थप ३ लाख ९३ हजार दुई सय ४५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ।  सभाले  सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक स मेत चयन गरेको छ ।  नवराज घिमिरे र  गंगा प्रसाद तामाङ संचालक चयन भएका हुन् । 

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था विच मर्जरको प्रकृया शुरु भएको छ। राष्ट्र बैंकबाट दुवै लघुवित्त संस्थाहरुलाई गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनको लागि सैद्धान्तिक सहमति समेत पाई सकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved