ग्रामीण विकास लघुवित्तद्वारा तरकारी खेती र पशुपालन सम्बन्धी तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 01:41:58 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामीण विकास लघुवित्त Grameen Bikas Laghubitta Bittiya Sanstha Limited को क्षेत्रीय कार्यालय नेपालगंजले ग्राहक सदस्यका लागि तरकारी खेती तथा पशुपालन सम्बन्धी निःशुल्क तालिम प्रदान गरेको छ । संस्थाका क्षेत्रीय प्रवन्धक खगेन्द्र प्रसाद अर्यालले तालिमको उद्घाटन गर्दै विपन्न तथा गरिब वर्गका घरपरिवारहरू खासगरी महिलाहरूको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार पु¥याउन विभिन्न प्रकारका  सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी दिए । 

उनले कुल लगानीको करिब ४७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेको जानकारी दिदै किसान सदस्यहरूको व्यवसायीक दक्षता बृद्धिगर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरेको बताए । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, कृषि अनुसन्धान परिषद् खजुरा बा“केको प्राविधिक सहयोगमा सञ्चालन भएको तरकारी खेतीे सम्बन्धी तालिममा बा“के जिल्ला स्थित रांझा, बेतहनी, बाबुगा“ऊ, खजुरा शाखाबाट ३५ जना ग्राहक कृषकहरूको सहभागिता थियो । 

तालिममा प्याज खेती, उन्नत आलुखेती, टमाटर खेती, बिउ उत्पादन गर्ने प्रविधी, आपको कलमी गर्ने प्रविधी लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो । तालिममा पशुहरूमा लाग्ने विभिन्न रोगहरुको रोगथाम, घा“स उत्पादन गर्ने प्रविधी, गाई भैंसीको गोठ निर्माण र आहारा व्यवस्थापन आदि विषयमा पनि जानकारी दिईएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved