उन्नति लघुवित्तको लाभांश पारित, मर्जर पश्चात शतप्रतिशत हकप्रद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 10:13:33 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति लघुवित्त वित्तीय सँस्था Unnati Microfinance Bittiya Sanstha Limited को लाभांश पारित भएको छ। लघुवित्तको पाँचौं बार्षिक साधारणसभाले ३८.६० प्रतिशत बोनस शेयर पारित गरेको हो।लाभांश पारित भएसँगै लघुवित्तको चुक्तापूंजी ८ करोड ८२ लाख रुपैयाँबाट १२ करोड २३ लाख रुपैयाँ पुगेको छ।    

त्यस्तै सभाले सहकार्य लघुवित्त वित्तीय संस्थाको १०० बराबर उन्नतिको ७५ कित्ता सेयरको स्वाप अनुपातमा मर्जर प्रस्ताव पारित गरेको छ। त्यसपश्चात बन्ने उन्नती सहकार्य लघुवित्तको चुक्तापुंजी १४ करोड ९५ लाख रुपैयाँ कायम हुनेछ। 

सहकार्यसँगको मर्जर पश्चात १:१ अर्थात शतप्रतिशतका दरले हकप्रद बिक्रि गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ। उक्त हकप्रद शेयर पश्चात संस्थाको चुक्ता पुँजी २९ करोड ९० लाख रुपैयाँ पुग्ने छ । त्यसैगरी, मर्ज पश्चात संस्थाको सेयर स्वामित्व अनुपात ७५.४५ प्रतिशत (संस्थापक) र २४.५५ प्रतिशत (सर्वसाधारण) रहने ज्नाइएको छ।       

सहकार्यसँगको मर्जर पश्चात बन्ने उन्नती सहकार्य लघुवित्तको केन्द्रिय कार्यालय सिनपा–१२, भैरहवामा रहने भएको छ। मर्ज पश्चात बन्ने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ५५ वटा शाखा कार्यालयहरु २५ जिल्लामा रही सेवा प्रवाह गर्ने बताईएको छ।              




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved