मर्जर प्रकृयामा रहेको धौलागिरी लघुवित्तको पहिलो साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 11:32:09 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रकृया रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाको पहिलो साधारणसभा सम्पन्न भएको छ। सभाले संस्थाका अध्यक्ष इश्वरलाल राजभण्डारीबाट प्रस्तुत गत आर्थिक बर्षको बार्षिक प्रतिबेदन पारित गरेको कम्पनी सचिव तथा का.मु प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले बताए।

सभाकै अवसरमा संस्थाबाट आर्थिक बर्ष २०७६।०७७ को प्रथम त्रैमासिक लक्ष्य पुरा गर्ने र शाखा कार्यालयहरु प्रथम शाखा ठाडा अर्घाखाची,दोश्रो शाखा बुर्तिबाड.र तेश्रो नौडाँडा शाखा लाई सम्मान स्वरुप अध्यक्षबाट प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरिएको छ।

सभामा सँस्थाका अध्यक्ष इश्वर लाल राजभण्डारीले धौलागिरी लघुवित्त बित्तीय संस्था लि.र आँधिखोला लघुवित्त बित्तीय संस्था लि. बिच मर्जर सम्बन्धि सम्झौतामा २०७६।०९।०२गते दुबै संस्था बाट समंझदारि सम्झौता पत्रमा हस्ताक्षर भई कार्य अघि बढेको जानकारी दिए। 

सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट संञ्चालक समितिमा इश्वरलाल राजभण्डारी, सिर्जना थापा, हरि प्रसाद शर्मा र प्रभु बैकबाट उत्तम कुमार राजभण्डारी सर्वसहमतीले निबाचित भएका छन।

संस्थाको हाल केन्द्रिय कार्यालय बागलुङ अन्र्तगत ३६ वटा शाखा कार्यालय संचालन , कुल सदस्य २८४५६  ऋण लगानिमा रु ७६ करोड , बचत ४८ करोड ९१ लख र चुक्ता पुजि रु  ७ करोड रहेको जोशीले बताए ।

     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved