मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited को लाभांस पारित भएको छ । लघुवित्तको एघारौं बार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभांश पारित भएको हो ।
त्यस्तै सभाले श्याम प्रसाद साहलाई संचालक समितिको अध्यक्षमा सर्ब सम्मतीले चयन गरेको छ । संस्थाले मर्जर तथा प्राप्तीका सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ । संस्थाले १० जिल्लामा ३२ वटा शाखा मार्फतसेवा प्रवाह गर्दै आईरहेको छ ।