स्पर्स लघुवित्तले क्रिष्टलका सामान बनाउने तालिम सम्पन्न गरेको छ । कास्कीस्थित नौडाँडामा माघ २ देखि ४ गतेसम्म सञ्चालन भएको तालिममा ३० जना सदस्यहरु सहभागी थिए ।
तालिममा चुरा ,पोते, औंठी, टप लगायतका सामग्रीहरु बनाउन सिकाईएको संस्थाले जनाएको छ । तालिममा सहभागीलाई संस्थाका सहायक प्रवन्धक सुदिप आचार्यले प्रमाण–पत्र वितरण गरेका थिए ।