लक्ष्मी लघुवित्तले दियो तरकारी खेती गर्ने तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 03:31:28 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha Limited  ले बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरेको छ । संस्थाले मकवानपुरको हर्नामाडी शाखामा आवद्ध ३१ जना ग्राहकहरुलाई उक्त तालिम प्रदान गरेको हो ।

तालिम फाल्गुन १ र २ गते दुईदिन सञ्चालन भएको थियो । तरकारी खेती सम्बन्धी परम्परागत सीपलाई व्यवसायिकरणतर्फ रुपान्तरण गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको संस्थाले जनाएको छ । 

तालिममा बेमौसमी तरकारी खेतीको महत्व तथा फाइदाहरु, खेतीको प्रविधि, खेतीको लागि उपयुक्त स्थल, समय र तरकारी बालीका जातहरुको छनोटको बारेमा जानकारी गराएको संस्थाले जनाएको छ । तालिममा खेती प्रविधिमा परिवर्तन, रसायनको प्रयोग विधि, भण्डारण गर्ने तरीका, पोष्टहार्भेष्ट प्रविधिको बिषयमा छलफल भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved