धौलागिरी लघुवित्तको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 03:38:33 PM मा प्रकाशित

laxmi  sunrise bank

धौलागिरी लघुवित्तले आर्थिक वर्ष २०७६/०७७ को अर्धबार्षिक समिक्षा, शाखा व्यवस्थापन तथा बीमा सम्बन्धी ४ दिने तालिम  सम्पन्न गरेको छ । रिलायवल लाइफ इन्स्योरेन्सको सह–आयोजनामा सम्पन्न सो कार्यक्रममा विभागीय प्रमुख निर्मल गौतमले लघुवित्तका योजना तथा आन्तरिक लेखा परीक्षणका बारेमा प्रकाश थिए ।

त्यस्तै, बीमा तालिमको सहजकर्ता प्रभु लाइफ इन्स्योरेन्सबाट योगेन्द्र खतिवडा र स्मृति रजरियाले गरेका थिए । कार्यक्रम्रमा लघुवित्तका का.मु. प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले कार्यक्रमको महत्व र कार्यक्रम आयोजना गर्नुको उद्देश्य माथि प्रकाश पारेका थिए । 

कार्यक्रममा सम्पूर्ण शाखा कार्यालयबाट शाखा प्रवन्धक, केन्द्रीय कार्यालयका ब्यबस्थापन, संचालक पदाधिकारी र प्रभु लाइफ इन्स्योरेन्सका प्रतिनिधि गरी ५६ जनाको सहभागीता रहेको थियो । 

लघुवित्तले  ३ वटा प्रदेशका १४ भन्दा बढि जिल्लाका विभिन्न ठाउँहरुबाट ३६ वटा शाखा कार्यालय संचालन गरेको छ । साथै लघुवित्तले करिव २९ हजार भन्दा सदस्यहरुलाई लघुवित्त समूहमा आवद्ध गर्दै ८० करोड ऋण लगानी र ५० करोड बचत संकलनको कारोवार गर्दै आएको  छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved