लघुवित्तहरुद्वारा महँगो ब्याज लिएको आरोपको खण्डन, भ्रम नफैलाउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2020 | 08:13:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्तले चर्को ब्याज लिएर सर्वसाधारणलाई दुख दिएको भन्ने पत्रिकामा प्रकाशित समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। लघुवित्त क्षेत्रप्रति आम जनसमूदायमा भ्रम श्रृजना हुनेगरी समाचार प्रकाशन गरेको भन्दै संघले आपत्ति जनाएको छ।

संघले २ प्रतिशत ब्याजमा सहुलियतदरमा बैंकबाट ऋण लिएर २४ प्रतिशत ब्याजमा कर्जा लगानी गरेको भन्ने आरोपको खण्डन गरेको छ।   विगत केही वर्ष देखि थोक कर्जाको ब्याजदर लगातार रुपमा वृद्धि भई हाल १२–१३ प्रतिशतसम्म पुगेको अवस्था भएकाले दुई प्रतिशत ब्याजमा रकम प्राप्त गर्ने भन्ने समाचार कपोकल्पित भएको संघको भनाई छ। 

लघुवित्तहरुले ग्राहकबाट लिने ब्याजदर नेपाल राष्ट्र बैंकले जारी गरेको नियमन व्यवस्था भित्रको परिधिभित्र रही लिने गर्दछन् । हाल लघुवित्त संस्थाहरुले लिने ब्याज दर १८–१९ प्रतिशतसम्म  छ। विनाधितो प्रवाह हुने कर्जाको जोखिम, यी संस्थाहरmको सञ्चालन लागत र अन्तराष्ट्रिय क्षेत्रमा लघुवित्त संस्थाहरुले लिने गरेको कर्जाको ब्याजदरलाई आधार मान्दा यो ब्याजदरलाई चर्को ब्याजदरको रुपमा चित्रण गर्न न्यायसंगत नहुने संघको दाबि छ। 

लघुवित्तले ग्रामीण क्षेत्रमा ग्राहक सदस्यहरmकै घरदैलोमा गई ग्राहक पहिचान, समूह निर्माण, समुह मान्यता परीक्षा , उद्यमशिलताका लागि आवश्यक वित्तीय जागरण लगायतका चरण पार गर्दै कर्जा वितरण र कर्जा असुलीको कार्य गर्ने हुंदा यिनीहरmको सञ्चालन खर्च अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा बढी हुने गर्दछ । लघुवित्तले आफैमा स्वतन्त्र रुपमा बचत परिचालन गर्न नपाउने हुंदा यिनीहरmको वित्तीय आवश्यकताको प्रमुख श्रोत भनेकै विभिन्न बैंक , विकास बैंक र वित्त कम्पनीबाट प्राप्त हुने विपन्न वर्ग थोक कर्जा नै हो । लघुवित्तले करीब ४४ लाख जनसमुदायलाई समूहमा आवद्ध गराई करीब २८ लाख सदस्यलाई कर्जा प्रवाह गरेको छ। 

कर्जाको दोहोरोपनालाई न्यूनीकरण गर्न आफ्ना सदस्यहरmलाई कर्जा सूचना लिएर र सजग रmपमा कर्जा लगानी गर्न समन्वय गरेको छ ।  कर्जाको दोहोरोपना हुन नदिन नेपाल राष्ट्र बैंकले अनिवार्य कर्जा सूचना, कर्जाको अधिकतम सिमा, एकल ग्राहक कर्जा सिमा, लगायतको व्यवस्था गरेको छ । यसलाई कार्यान्वयन गर्न सबै लघुवित्त संस्थाहरm क्रियाशील रहेको संघका अध्यक्ष बसन्त राज लम्सालको भनाई छ।  

लघुवित्त संस्थाहरुले कर्जामा अधिकतम ब्याज १८ प्रतिशत सम्ममा लगानी गर्दै आएका छन्। राष्ट्र बैंकले तोकेको ब्याज स्प्रेट दर ९ प्रतिशत भन्दा पनि कम हुने गरी हाल औषत ७ प्रतिशत सम्मको ब्याज स्प्रेट दरमा कार्य गर्दै आएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved