बिजपाटी सम्बाददाता     Feb 28, 2020 | 05:10:36 PM


tansen

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited  ले मृतक कर्मचारीका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले मृतक कर्मचारीकी श्रीमती महेन्द्रा कुमारी जोशीको बैक खातामा ९ लाख २६ हजार ५५८ रुपयाँ जम्मा गरिदिएको हो ।

कार्यरत कर्मचारीहरुले एक दिन बराबरको तलब जम्मा गरेर संस्थाले १ लाख २६ हजार ५५८ रुपयाँ र शिखर इन्स्योरेन्सबाट बीमा बापतको रकम ८ लाख रुपयाँ सहयोग गरेको हो । 

शाखा कार्यालय लालझाडीमा २०७५ फागुन २१ गतेदेखि कार्यरत कर्मचारि पदमनिधि पण्डितको २०७६ फागुन २ गते कैलालीको गोदावरी नगरपालिकामा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको थियो ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका