आरम्भ र चौतारीको मर्जरलाई अन्तिम स्वीकृति, एकिकृत कारोबार कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 05:31:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त र आरम्भ माइक्रोफ़ाईनान्सलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकबाट आज आइतबार मर्जरको लागि अन्तिम स्वीकृति प्राप्त भएको चौतारीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले बिजपाटीलाई जानकारी दिए ।

सीइओ घिमिरेका अनुसार अब १ महिना भित्र एकिकृत कारोबार सुरु गरिसक्नु पर्ने छ । कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधनका केहि काम बाँकि रहेकोले सो प्रक्रिया सम्पन्न गरी एकिकृत कारोबारको मिति तय गरिने घिमिरेले बताए । उनले चैत्रको पहिलो साताभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्य लिइएको समेत बताएका छन् ।  

चौतारी र आरम्भ १:१ को स्वाप रेसियोमा मर्ज हुन् लागेका हुन् । मर्जपछि संस्थाको नाम आरम्भ चौतारी लघुवित्त हुने छ भने संस्थापक र सर्वसाधारणको स्वामित्व ६३.६६:३६.३४ कायम रहेन छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved