६ महिनामा ५० लघुवित्तको नाफा ३ अर्व ४२ करोड, ४ वटाको लाभांश आउँन बाँकि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2020 | 11:01:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत ५० लघुवित्त कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कुल ३ अर्व ४२ करोड ३० लाख भन्दा बढी नाफा गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधीको तुलनामा लघुवित्तहरुले ४० दशमलव ९२ प्रतिशतले नाफा बढाएका हुन् । ति कम्पनीले गत आवको सोही अवधीमा २ अर्व ४२ करोड ९० लाख ६६ हजार नाफा गरेका थिए । 

गत आवको ६ महिनाको तुलनामा ६ लघुवित्तको नाफा घटेको छ भने बाँकी सबैको बढेको छ । गत आवको तुलनामा स्पर्स लघुवित्तको नाफा सबैभन्दा बढी २ हजार १ सय ६ प्रतिशत बढेको छ । गत आवको ६ महिनामा ६ लाख २१ हजार नाफा गरेको यस कम्पनीले चालू आवको ६ महिनामा १ करोड ३७ लाख ३ हजार नाफा गरेको छ ।कम्पनीले संचालन नाफा र खुद व्याज आम्दानी बढेपछि नाफा बढेको हो । गत आवको सोही अवधीमा ८ लाख १० हजार संचालन आम्दानी गरेको कम्पनीले यस अवधीमा १ करोड ६३ लाख आम्दानी गरेको छ । कम्पनीले ५४ लाख ३७ हजार खराब कर्जा संकलन गरेको छ । 

दोस्रोमा सर्पोट लघुवित्तको नाफा गत आवको सोहि अवधीको तुलनामा ७ सय ८८ प्रतिशत बढेको छ । कम्पनीले गत आवको सोही अवधीमा ७ लाख १८ हजार नाफा गरेकोमा यस अवधीमा ६३ लाख ७७ हजार नाफा गरेको छ । 

४ लघुवित्तले घोषणा गरेनन् लाभांश 

नेप्से सुचिकृत ५० मध्ये गत आवको नाफाबाट आँधीखोला लघुवित्त,  घोडीघोडा लघुवित्त, ग्रामिण लघुवित्त र  नाडेप लघुवित्तले हालसम्म लाभांश  घोषणा गरेका छैनन् । आधिँखोला लघुवित्तले केही महिना अघिमात्र आइपिओ वितरण गरेको थियो । 

गत आवको नाफाबाट लाभांश वितरण गरेका ४७ लघुवित्तमा सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्सले ८० प्रतिशत लाभांश दिएको छ । कम्पनीले ७५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिएको हो । दोस्रोमा मिर्मिरे लघुवित्तले ४५ प्रतिशत वोनस सेयर वितरण गरेको छ । 

हेर्नुस लघुवित्तको नाफा, वृद्धिदर र लाभांश 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved