ग्रामीण विकास लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा २८ लाख ५० हजार

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Apr 11, 2020 | 10:07:32 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले नेपाल सरकार र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु.२८ लाख ५० हजार सहयोग गरेको छ ।

विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा नेपाल सरकार र प्रदेश सरकारहरूले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरेको कोषमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले सहयोग रकम उपलब्ध गराएको हो ।

संस्थाले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. ११ लाख सहयोग गरेको छ । संस्थाले केन्द्र सरकार सगै ७ वटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा पनि समान रुपले आर्थिक सहयोग गरेको छ ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १ को कोरोना जनसुरक्षा कोषमा रु. २ लाख ५० हजार, प्रदेश नं. २ को कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ लाख ५० हजार, वाग्मती प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ लाख ५० हजार, गण्डकी प्रदेशको कोषमा रु. २ लाख ५० हजार, प्रदेश नं. ५ सरकारको कोषमा रु. २ लाख ५० हजार, कर्णाली प्रदेश सरकारको कोषमा रु. २ लाख ५० हजार र सूदुरपश्चिम प्रदेशको कोषमा रु. २ लाख ५० हजार गरी जम्मा रु. २८ लाख ५० हजार सहयोग रकम प्रदान गरेको बैकले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved