निर्धन उत्थान लघुबित्तले गरायो १३ सय बढी कर्मचारीको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2020 | 09:36:31 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्धन उत्थान लघुबित्त Nirdhan Utthan Laghubitta Bittiya Sanstha Limited  ले आफ्ना १३ सय बढी कर्मचारीको कोरोना बीमा गरेको छ  । कम्पनीले प्रतिकुल समयमा समेत कार्यालयमा आइ काम गर्ने साथै बैङ्किङ क्षेत्र समेत उच्च जोखिममा हुन सक्ने भन्दै सस्थामा कार्यरत १३ सय ६७ जना कर्मचारीको बिमा गराएको जनाएको छ ।

कम्पनीले सिद्दार्थ इन्स्योरेन्समा प्रति कर्मचारी  १ लाखको बिमा गराएको हो। रोग लागेको पुष्टि भएमा आवश्यक कागजात पेश गरे पश्चात बिमाङ्क रकम दाबी भुक्तानी पाइने छ।

निर्धन ७७ ओटै जिल्लामा कार्यक्षेत्र भएको नेपाल कै सबैभन्दा ठुलो लघुबित्त हो।   सस्थाले १८१ ओटा शाखाबाट आफ्नो कारोबार सन्चालन गरिरहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved