एनआईसी एशिया लघुवित्तद्वारा असारको ब्याज छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 03:39:36 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तले आसार महिनाका लागि कर्जाको ब्याजमा छुट दिने भएको छ । ऋणीहरुले असार मसान्तसम्म चुक्तागर्नुपर्ने सबै व्याज तथा साँवा समयमै चुक्ता गरेमा ब्याजमा छुट दिने संस्थाले जनाएको छ । 

संस्थाका अनुसार समयमै ब्याज तथा साँवा चुक्ता गर्ने ऋणीहरुलाई संस्थाले कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिसत छुट सुविधा प्रदान गरिने जनाएको छ । नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको अलावा उक्त छुट प्रदान गर्ने जनाइएको छ । 

यस्तै सुविधा पश्चात अधिक व्याजदरको छुट प्राप्त गर्ने ऋणीको व्याजदर १२ प्रतिसत कायम हुनेछ । साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने चार्ज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था गरेको संस्थाले जनाएको छ । उक्त व्यवस्था मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुने जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved