मिर्मिरे र स्वेडा लघुवित्तको एकिकृत कारोबार असार २१ बाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 09:30:43 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त र स्वेडा लघुवित्तको एकिकृत कारोबार असार २१ गतेबाट हुने भएको छ । मिर्मिरेले स्वेडालाई गाभेपछि मिर्मिरे लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो ।

दुवै संस्थाको बैशाख १७ गतेको विशेष साधारणसभाले मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरेको थियो भने नेपाल राष्ट्र बैंकबाट असार ५ गते मर्जरको लागि अन्तिम स्वीकृति पाएका थिए । 

प्राप्तिपछि कम्पनीको केन्द्रीय कार्यालय मिर्मिरेको साविकको कार्यालय रहेको स्थान बनेपामा रहने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved