मिर्मिरेद्वारा नागबेलीलाई प्राप्ति गर्ने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 10:55:01 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited  ले नागबेली लघुवित्तलाई प्राप्ती गर्ने प्रस्ताव सर्वसम्मतीले पारित भएको छ । मिर्मिरेको शनिवार  काठमाडौंमा भएको साधारण सभाले नागबेलीलाई प्राप्ति गर्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । 

 सभाले १ः०.९५ शेयर स्वाप अनुपात हुनेगरी नागबेलीलाई प्राप्ती गर्ने सर्वसम्मतीले निर्णय गरेको हो । दुइ संस्थाहरु मर्जर पश्चात चुक्तापूँजी ३९ करोड ९८ लाख ७२ हजार ६४१.५० रुपैयाँ हुनेछ । हाल मिर्मिरेको चुक्तापूँजी १९ करोड ९१ लाख ६० हजार २८० रुपैयाँ र नागबेलीको चुक्तापूँजी २० करोड ७ लाख १२ हजार ३६१.५० रुपैयाँ रहेको जनाइएको छ । समायोजन पश्चात हुने चुक्तापूँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत उक्त सभाबाट निर्णय भएको मिर्मिरेले जनाएको छ । 

नागबेलीका १० जिल्लामा हाल ३७ शाखाहरु छन् । स्वेडा लघुवित्तलाई एक्वायर गरेपछि मिर्मिरेको ६४ शाखा भएको छ भने नागबेली सँगको एकिकृत कारोबार पश्चात शाखा संख्या जम्मा १०१ हुने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved