समिट र सजिलो लघुवित्तको मर्जर प्रस्ताव पारित, एफपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 01:50:05 PM मा प्रकाशित

laxmi  sunrise bank

समिट लघुवित्त र सजिलो लघुवित्तको मर्जर प्रस्ताव पारित भएको छ  ।  समिट लघुवित्तको आइतबार भएको विशेष साधारणसभा तथा सजिलोको वार्षिक साधारणसभाले मर्जर प्रस्ताव सर्बसम्मतिले पारित गरेको हो  । 

१:१ को अनुपातमा २ संस्था मर्ज हुने प्रस्ताव पारित भएको हो । मर्जर पश्चात  समिट लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु हुने छ भने अध्यक्ष र सीइओ समिटबाट हुने छन् ।    सभाले मर्जरको कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिएको छ भने हालसम्म भएका कार्यको अनुमोदन गरेको छ ।  मर्जरको लागि नेपाल राष्ट्र बैंकले दुवै सस्थालाई चैत्र ५ गते सैदान्तिक स्वीकृति दिईसकेको छ । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय काठमाडौँको टोखामा रहने उल्लेख छ । 

मर्जरपछि बन्ने संस्थाको चुक्ता पुँजी ३९ करोड ४३ लाख पुग्ने छ । मर्जरपछि सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशतभन्दा कम हुने भएकोले मर्जरपछि एफपिओ निष्काशन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved