मर्जरपछि यस्तो बन्यो उन्नति सहकार्य लघुवित्तको संचालक समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 11:39:11 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति लघुवित्त र सहकार्य लघुवित्त मर्ज भई बनेको उन्नति सहकार्य लघुवित्तको संचालक समितिमा फेरबदल भएको छ  । साविक उन्नतिको संचालकबाट केशव प्रसाद हटेका छन् भने साविकको सहकार्यबाट खिलराज मैनाली र उपेन्द्रराज जोशी संचालक नियुक्त भएका छन् । 

यस सँगै संचालक समितिको अध्यक्षमा अनिता ढुंगाना शाह रहेकी छिन् भने संचालकहरुमा क्रमश खड्ग वहादुर राना, खिलराज मैनाली, उपेन्द्र राज जोशी, कृष्ण राज गौतम,  रञ्जन तिवारी, र भार्गव धिताल रहेका छन् ।

यी २ संस्थाले शुक्रबारबाट एकिकृत कारोबार गरेका हुन् ।  सहकार्य लघुवित्त वित्तीय संस्थाको १०० बराबर उन्नतिको ७५ कित्ता सेयरको स्वाप अनुपातमा संस्था मर्ज भएका हुन् । यस सँगै उन्नती सहकार्य लघुवित्तको चुक्तापुंजी १४ करोड ९५ लाख रुपैयाँ कायम भएको छ । 

सहकार्यसँगको मर्जर पश्चात १:१ अर्थात शतप्रतिशतका दरले हकप्रद बिक्रि गर्ने कम्पनीले तयारी गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved