मिर्मिरे लघुवित्तको रिक्त सञ्चालक पदमा श्रेष्ठ द्वय नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2020 | 10:13:14 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  को रिक्त सञ्चालक पदहरुमा दिप बहादुर श्रेष्ठ र संजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । मिर्मिरेले नागबेलि लघुवित्तलाई प्रप्ति गरि एकिकृत कारोबार सञ्चालन पश्चात बसेको सञ्चाल समितिको बैठकले आगामी साधारण सभाबाट अनुमोदन हुने गरि सञ्चालक पदमा श्रेष्ठ द्वयलाई नियुक्त गरेको हो ।

संस्थाका अध्यक्ष टेक बहादुर बोहराले संस्थाको केन्द्रीय कार्यालय बनेपामा नवनियुक्त सञ्चालकहरुलाई सपथ ग्रहण गराएको जनाइएको छ । एकिकृत कारोबार पश्चात वित्तीय संस्थाको सञ्चालक समितिमा अध्यक्ष टेक बहादुर बोहरा, सदस्यहरुमा सन्तोष फुया्ल, दिप बहादुर श्रेष्ठ, संजय कुमार श्रेष्ठ, संन्जु घिमिरे, मनि बोहरा थापा रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved