भदौ २२ गतेदेखि ३ वटा लघुवित्तको एकिकृत कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 08:46:38 AM मा प्रकाशित

laxmi  sunrise bank

भदौ २२ गतेदेखि ३ वटा लघुवित्तले मर्जरपछिको एकिकृत कारोबार सुरु गर्ने छन् । जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

नेपाल राष्ट्र बैंकले कम्पनीलाई  साउन २६ गते एकिकृत कारोबारका लागि अन्तिम स्वीकृती दिएको थियो । एकिकृत कारोबार गर्नको लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले ३ वटै लघुवित्तले प्रदान गर्ने सेवा  भदौ १९, २० र २१  गते बन्द हुने कम्पनीले जनाएको छ । 

जीवन विकासको केन्द्रिय कार्यालय मोरङको कटहरी गाउँपालिकामा रहेको छ भने सल्भ लघुवित्त धनकुटा नगरपालिका र गरिबी निवारण लघुवित्त सप्तरीको राजविराज लघुवित्तमा रहेको छ । 

कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्न बाँकि रहेकोछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved