नेपाल एग्रो लघुवित्त चार वर्ष पुरा गरि पाँचौ वर्ष प्रवेश गरेको छ । २०७३ भाद्र महिना देखी नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरि वित्तीय कारोबार सञ्चालन गरिरहेको संस्थाले ग्रामिण भेगका बस्तीहरुका आर्थिक र सामाजिक रुपमा पछि परेका महिलाहरुलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।
संस्थाले आर्थिक वर्ष ०७६/०७७ मा आफ्नो चुक्ता पुँजीलाई ५ करोड ७२ लाख पु¥याउन सफल भएको छ भने । संस्थाले कास्की, पर्वत, वाग्लुङ, गुल्मी, प्युठान, रोल्पा, सल्यान, पाल्पा, तनहुँ, र लम्जुङ गरि १० जिल्लामा २६ वटा शाखा कार्यालयहरु संचालनगरि १९ हजार ७ सयसदस्यहरुको घर परिवारमा वित्तीय सेवापुर्यारहेको जनाएको छ ।
संस्थाले सदस्यहरुबाट २६ करोड ८४ लाख ६६ हजार बचत संकलन गरि ७५ करोड १० लाख २९ हजार कर्जा प्रवाह गरिरहेको संस्थाका प्रमुख कार्यसञ्चालन तथा कर्जा विभाग प्रमुख नयन देवकोटाले जानकारी दिए । संस्थाका नि. प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले वित्तीय संस्थाको ५ औं वार्षिक उत्सवको अवसरमा सम्पूर्ण शेयरधनी, सदस्यहरु, नेपाल राष्ट्र बैंक, नियमननिकाय, कर्मचारी परिवार तथा सम्पूर्ण शुभेच्छुकहरुमा धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।