आँधिखोला लघुवित्तको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 07:20:04 PM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्तले कोरोनको प्रभाव तथा आगामी रणनीतिका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको छ । स्याङ्गजाको वालिङ होटल गाँउवेशीको सभाहलमा स्वास्थ्य मापदण्ड पुरा गर्छदै छलफल सम्पन्न भएको हो । 

कोरोनाका कारण बैंकिंग जगतमा परेको प्रभावबाट कर्मचारीको मनोबल खस्कन नदिनका लागि र ग्राहकहरुको संरक्षणकालागि संस्थाले आगामी दिनमा खेल्नु पर्ने भुमिकाका बारेमा छलफल भएको जनाईएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष नरेश केसी,  संचालक समिति सदस्य विधा श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत डोलराज केसी लगाएत विभागिय प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।

 त्यस्तै लघुवित्त संघ नेपालका अध्यक्ष तथा आरम्भ चौतारी लघुवित्त संस्थाका अध्यक्ष जगत पोख्रेलको समेत उपस्थिति रहेको कार्यक्रममा विभिन्न क्षेत्रका अनुभवी ब्यत्तित्वहरुले समेत सहभागिता जनाएका थिए । 

कार्यक्रममा अध्यक्ष पोखे्रलले लघुवित्त नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसार मर्जर प्रक्रियामा जानुको विकल्प नरहेको धरण व्यक्त गरे । त्यसै, अध्यक्ष केसीले कर्मचारीहरु लाई अत्यन्तै सजग भई काम गर्नका लागि अनुरोध गरेका थिए । 

यस्तै संस्थाको चुक्तापुँजी १० करोड रहेको र वाग्लुङ जिल्लमा केन्द्रियकार्यालय रहेको धौलागिरी लघुवित्त वित्तियसंस्था सँग मर्जरका लागि अन्तिम चरणमा रहेको समेत केसी ले बताए । 

संस्थाको १० जिल्लामा १९ कार्यालय रहेको छ । ७९ करोड कर्जा लगानीमा रहिरहेको र ३० करोड बतच परिचालन गरीएको केसीले बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved