स्वरोजगार र जनकपूर लघुवित्तको एकिकृत कारोबार सुरु, सतप्रतिशत हकप्रद आउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2020 | 12:24:03 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्त @Swa र जनकपूर लघुवित्तको एकिकृत कारोबार सुरु भएको छ । स्वरोजगारले जनकपुरलाई गाभेपछि स्वरोजगार लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु भएको हो । लघुवित्तको केन्द्रीय कार्यलय हाललाई बनेपा र पछि काठमाडौँ सारिने छ ।

दुवै कम्पनीको साउन १० गतेको विशेष साधारणसभाले मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले असोज २ गते प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले असोज १९ गते अन्तिम स्वीकृति दिएको थियो । 

स्वरोजगारले जनकपुरलाई १००ः७० को स्वापमा गाभेको हो । एकिकृत कारोबारपछि स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३६ करोड ५९ लाख पुगेको छ । कम्पनीले जनकपूरलाई गाभेपछि कायम हुने चुक्ता पुँजीको शत प्रतिशत हकप्रद निष्काशन प्रस्ताव समेत साधारणसभाबाट पारित गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved