लघुवित्त बैंकर्स संघको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 03:45:11 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त कम्पनीहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले साधारणसभा आह्वान गरेको छ। संघले कार्तिक ३ गते जुमको माध्यमबाट अनलाइन मार्फत सभा गर्न लागेको हो 

सभामा  आ.व. २०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, आ.व. २०७६÷७७ को वार्षिक लेखा परिक्षण प्रतिवेदन पारित गर्ने, वार्षिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन माथि छलफल तथा पारित गर्ने, आ.व. २०७७÷७८ को वार्षिक कार्यक्रम तथा बजेट पारित गर्ने, वार्षिक कार्यक्रम तथा बजेट माथि छलफल तथा पारित गर्ने, आ.व. २०७७÷७८ को लागि लेखा परिक्षक नियुक्त गर्ने, कार्य समितिले रिक्त पदहरुमा गरेको मनोनयनको अनुमोदन गर्ने, र विधान संशोधन तथा कर्मचारी नियमावली पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् 

सभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख अतिथि रहने संघले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved