नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त क्षेत्रमा देखिएका विकृितहरु रोक्न निर्देशन दिएका छन् छन्।
नेपाल लघुवित्त बैङ्कर्स संघको चौधौं साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले लघुवित्त क्षेत्रमा देखिएका विकृितहरु रोक्नु पर्ने र त्यसको लागि नेपाल लघुवित्त बैङ्कर्स संघले पहल गर्नु पर्ने बताएका हुन् । गभर्नर अधिकारीले लघुवित्त संस्थाहरुले आफ्नो उद्देश्य हासिल गर्ने क्रममा आफ्ना ग्राहकहरुलाई समस्या नहोस् भन्ने तर्फ पनि सोच्नु पर्ने सल्लाह दिएका छन् ।
साधारणसभाको बन्द सत्रले आ.व.२०७६÷७७ को वार्षिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन र २०७७÷७८ को वार्षिक कार्यक्रम तथा बजेट छलफल सहित पारित गरेको छ । साथै सभाले संघको कायर्समितिमा रिक्त रहन गएका पदहरु पुर्ति गर्न कार्यसमितिमा हेरफेर गरेको छ।
जस अनुसार उपाध्यक्षमा मेरो माइक्रोफाइनान्स लघुवित्तका रामहरी दाहाल , कोषाध्यक्षमा स्वाबलम्बन लघुवित्तका भोजराज बस्याल तथा नयाँ सदस्यहरुमा उन्नति सहकार्य लघुवित्तका प्रेम बहादरु पाठक, समता लघुवित्तका डा. मदन घिमिरे र गणपति लघुवित्तका अच्युत सापकोटा नियुक्त भएका छन् ।
नेपाल लघुवित्त बैङ्कर्स संघमा ८३ वटा मध्ये ५७ वटा लघुिवत्त संस्थाहरु सदस्य छन्।