३ महिना मै १२ लघुवित्त मर्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 08:01:30 PM मा प्रकाशित

laxmi  sunrise bank

३ महिना मै १२ लघुवित्त संस्थाहरु एक आपसमा मर्जरमा गएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने प्रक्रियामा संलग्न भई ६ संस्था कायम भएका छन् । 

राष्ट्र बैंकले लघुवित्तलाई मर्जरमा जान प्रोत्साहन गरिरहेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत लघुवित्त वित्तीय संस्थाहरुको ईजाजत दिने कार्य स्थगन गरेको थियो भने इजाजतको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थाहरुको इजाजत प्रक्रिया समेत रद्द गरेको थियो  । 

राष्ट्र बैंकका अनुसार २०७७ असोजसम्म २०७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई ५० संस्था कायम भएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved