मासिक किस्ता १३ हजारमा डाटसनको कार

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 28, 2018 | 04:17:42 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक र पायनियर मोटोकर्पबीच डाटसन र निशान कम्पनीका गाडीका लागि १० बर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको छ । बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र पायनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दबीच सरल अटो लोन कर्जा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता अनुसार, पायनियर मोटो कर्पबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले १० बर्षसम्म भुक्तानी गर्ने गरी वित्तीय सुविधा प्रदान गर्नेछ । 

जसमध्ये डाटसन कम्पनीका गाडीहरु १२ हजार ९९९ मासिक किस्तामै ग्राहकहरुले किन्न सक्नेछन् । यसैगरी, निशान कम्पनीका सबै मोडलका गाडीहरुमा पनि सरल किस्तामै भुक्तानी गर्ने गरी ग्राहकहरुले अटो लोन पाउनेछन् । त्यसका लागि ग्राहकहरुले ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्नेछ । 

प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । यो सुविधा मेगा बैंकका देशभरका शाखाहरुबाट लिन सकिने बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved