डाट्सन “फेस्टिव हट डिल” योजना, गाडी किन्नेलाई पौने ४ लाखसम्मको लाभ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 12:25:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले चाडबाडको अवसरमा “फेस्टिव हट डिल” योजना ल्याएको छ। यो योजना नाडा अटो शो सुरु हुने दिन मंगलबार देखि नै लागू हुने जनाइएको छ। 

यस योजना अन्तर्गत ग्राहकले डाट्सन गाडीको खरिदमा विशेष छुट लगायतका सुविधाहरु प्राप्त गर्न सक्ने छन्। १ लाख ६ हजारसम्मको निःशुल्क एसोसरिज, २ लाखसम्मको नगद छुट समेत गरी कुल ३ लाख ६६ हजार ८ सय सम्मको ग्राहकले लाभ लिन कम्पनीले जनाएको छ।

योसहित नाडा अटो शोको अवसरमा बुकिङ्ग गर्नेले २७ हजार बराबरको स्मार्ट फोन प्राप्त गर्न सक्ने छन्। कम्पनीका अनुसार गाडी खरिदमा निशुलक एसोसरिजका साथै १ वर्षको निःशुल्क बीमा, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग र एक वर्षको लागि सडक करको सुबिधा समेत छ।

गाडी खरिदमा न्यूनतम ८ हजार ४०१ को मासिक किस्ताबन्दी योजना उपलब्ध छ। यति थोरै मासिक किस्ताबन्दी योजना हालसम्म अन्य कुनै पनि कम्पनीका गाडीहरुमा नरहेको कम्पनीको दावी छ।

साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ डाट्सनसँग साट्न सक्नेछन्। योजना अन्तर्गत ग्राहकले डाट्सन रेडि गोमा अधिकतम २ लाख ७८ हजार २ सय, डाट्सन गोमा अधिकतम ३ लाख ३५ हजार र डाट्सन गो प्लसमा अधिकतम ३ लाख ६६ हजार ८०० सम्मको लाभ पाउने छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved