मासिक किस्ता १४००० मा निसान गाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2018 | 11:48:37 PM मा प्रकाशित

laxmi  sunrise bank

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले नाडा अटो शो को अवसरमा निसान गाडीका लागि “फेस्टिभ ड्राइभ“ उपहार योजना ल्याएको छ। 

यस योजना अन्तर्गत नाडा अटो शो मा आएका ग्राहकहरूले बुकिङ गरेबापत योजनाको अन्त्यमा २७,००० बराबारको रेडमी नोट ५ मोबाइल फोन प्राप्त गर्न सक्ने जनाइएको छ। कम्पनीले गाडीमा फाइनान्स र किस्ताबन्दीको पनि सुविधा लागू गरेको छ। यस अन्तर्गत मासिक किस्ता १४,६११ कायम गरिएको कम्पनीले जनाएको छ। 

नाडा शोदेखि लागू भएको यो योजना चाड–पर्वको मौसमसम्मै लागू रहनेछ। यो योजनाबाट ग्राहकहरूले ४९,००० सम्मको एसेसोरिज, १ वर्षको निःशुल्क बीमा, १ वर्षसम्म सडक कर निःशुल्क, ३ वर्षको वारेन्टि र सर्भिसिङ, तत्काल फाइनान्स र एक्सचेन्जको सुविधा र ६ लाखसम्मको नगद् छुट प्राप्त गर्न सक्ने जनाइएको छ। कम्पनीले नाडा अटो शो को स्टल नम्बर ए-८३ मा गाडीहरु बिक्रिमा राखेको छ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved