‘बिवाईडी’ पनि ‘नाडा अटो शो’ मा, के ल्याउँदैछ यसपाली ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 10:48:31 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो पटक नाडा अटो शोमा सहभागिता जनाउन लागेको ‘बिवाईडी’ले ३५० किलोमिटर माइलेज लिने कार सो गर्ने भएको छ । साइमेक्स इङ्कले नेपालमा इलेक्ट्रीक कार बिक्री सुरु गरेको ४ वर्ष भएपनि अटो शोमा भने पहिलो पटक सहभागिता जनाउन लागेको हो ।

हाल बिवाइडीका ई–६ मोडलका एसयूभी कार राष्ट्रपमुखले चढ्दै आएका छन् । कम्पनीले नाडा अटो शोमा ई–६ सहित नयाँ मोडल एम–३ सार्वजनिक गर्ने भएको छ । 

बीवाईडीले सार्वजनिक गर्ने भएको मिनि मल्टि यूटिलिटी भेइकल एम–३ हो । उक्त मिनि एमपीभी एम–३ गाडीमा ५ सिट र ७ सिटमा उपलब्ध छ । कम्पनीले यसको मूल्य करिब ४५ लाख रुपैयाँ पर्ने जनाएको छ ।

बीवाईडी एम–३ ले एक पटकको फूल चार्जमा ३५० किलोमिटर रेन्ज दिने जनाएको छ । यो गाडीको अधिकतम गति करिब १३० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले दाबी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved