नाडा अटोशोमा महिन्द्राका दुई नयाँ मोडल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 03:46:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले नाडा अटो शोमा ‘एक्सयूभी–३००’ तथा ‘मराजो’ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । यी गाडी भारतीय बजारमा भने यसअघि नै सार्वजनिक गरिसकेको छ । 

महिन्द्रा एक्सयूभी–३००

महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी अन्तगृत पर्दछ । महिन्द्राको नयाँ प्लाटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को डिजाइन निकै आक्रामक रहेको छ । 

एक्सयूभी ३०० मा ७ ओटा फस्टइन सेग्मेन्ट फिचर दिइएको छ । सात वटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी बनेको छ ।

नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै २००० देखि  ३५०० आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ ।

साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५०० देखि २५०० आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकर्षित गर्नेछ ।

महिन्द्रा मराजो

त्यस्तै निकै चर्चामा रहेको महिन्द्राको पहिलो एमपीभी मराजो पनि यस वर्षको नाडा अटो शोमा मुख्य आकर्षणको रुपमा रहने छ । मराजोको डिजाइन सार्क माछाबाट प्रेरित भएको छ भने, कारको केही भागहरू शिकारी सार्क माछाको डिजाइनबाट प्रेरित गरि निर्माण गरिएको छ ।

महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू दिइएको छ ।

मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम जडान गरिएको छ भने कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

कारमा थ्री–स्पोक स्टेयरिङ्ग ह्वील रहेको छ, जसमा अडियो, ब्लू–टुथ टेलेफोनिक र क्रूज कन्ट्रोलको सुविधा रहेको छ ।

महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । जसले ३५०० आरपीएममा १२१ हर्स पावर र १७५० देखि २५०० आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved