अटो शोमा गाडी किन्नेलाई ऋण दिन १२ वित्तीय संस्था, कुन बैंकको व्याजदर कति (सुचिसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 25, 2019 | 04:32:35 PM मा प्रकाशित

laxmi  sunrise bank

यहि भदौ १० देखि काठमान्डौमा गाडीहरुको 'कुम्भ मेला' मानिने नाडा अटो शो' हुँदैछ। चारपांग्रे, दुई पांग्रे र सवारीसंग सम्बन्धित कम्पनी गरि मेलामा ९५ ब्राण्डको सहभागिता रहनेछ।

गाडी खरिदकर्तालाई सहजै ऋण तथा बीमा सेवा दिने उदेश्यले मेलामा १३ बैंक वित्तीय संस्थाले समेत सहभागिता जनाउने भएका छन। सहभागिता जनाउनेमा एक विकास बैंक, ११ बाणिज्य बैंक र एक बीमा कम्पनी छन। सबैको बैंकको उदेश्य भनेको प्रदशनीस्थलबाट गाडी खरिदकर्तालाई वित्तीय सेवा प्रदान गर्ने हो। 

व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने कानुनी व्यवस्था छ। यद्दपी गाडी किन्दा ग्राहकलाई दिने ऋणको कर्जामा लाग्ने ब्याजको दर, कर्जा अवधि तथा अन्य सहुलियत तथा सुविधा भने बैंकपिच्छे फरक फरक हुने गर्दछ।    

'नाडा अटो शो' मा सहभागिता जनाउने बैंक वित्तीय संस्थाले गाडी खरिदमा के सुविधा दिन्छन र कस्तो सुविधा कतिमा दिन्छन भन्ने जानकारी दिने उदेश्यले बिजपाटी डटकमले बैंकका प्रतिनिधिसंग कुराकानी गरेर यो रिपोर्ट तयार गरेको हो।  

सिभिल बैंक

'नाडा अटो शो' मा सिभिल बैंकको स्टल नम्बर 'ई १०' रहेको छ। बैंकले गाडी किन्नलाइ बढीमा ७ बर्ष अवधिको लागि आधार ब्याजदरमै ऋण प्रदान गर्दैछ । यस अवधीमा सिभिल बैंकको आधार दर ११.११ प्रतिशत छ। अर्थात सिभिल बैंकबाट कर्जा लिएर गाडी किन्नेले ११.११ प्रतिशत ब्याजदरमै कर्जा पाउनेछन। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ।   

बैंक अफ काठमान्डू 

'नाडा अटो शो' मा बैंक अफ काठमान्डूको स्टल नम्बर 'ई १०' रहेको छ। बैंकले गाडी किन्नलाइ बढीमा ७ बर्ष अवधिको लागि आधार ब्याजदरमा १.५ प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर ९.९८ प्रतिशत छ। अर्थात बिओके बाट कर्जा लिनलाई ११।४८ प्रतिशत ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ।  

लक्ष्मी बैंक 

लक्ष्मी बैंकको स्टल नम्बर ‘ई २१’ रहेको छ। बैंकले विद्युतीय गाडी किन्नलाइ बढीमा ९ बर्ष अवधिको लागि आधार ब्याजदरमा केहि प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर १०.३१ प्रतिशत छ । अर्थात लक्ष्मीबाट कर्जा लिनलाई १०.३१ प्रतिशत प्लस ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ।  

माच्छापुच्छ्रे बैंक 

माच्छापुच्छ्रे बैंकको स्टल नम्बर ‘इ १०’ रहेको छ। बैंकले गाडी किन्नलाइ बैंकहरुमै बढी अर्थात बढीमा १० बर्ष अवधिको लागि आधार ब्याजदरमा केहि प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर १०.३७ प्रतिशत छ। अर्थात माछाबाट कर्जा लिनलाई १०.३७ प्रतिशत प्लस ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकको स्टल नम्बर ‘इ ३८’ रहेको छ। बैंकले गाडी किन्नलाइ बैंकहरुमै बढीमा ७ बर्ष अवधिको लागि आधार ब्याजदरमा १.५ प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर ८.१२ प्रतिशत छ। अर्थात एभरेष्टबाट कर्जा लिनलाई ९.६२ प्रतिशत  ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ।

नविल बैंक 

नबिल बैंकको स्टल नम्बर ‘इ २६’ रहेको छ। बैंकले गाडी किन्नलाइ बढीमा ७ बर्ष अवधिको लागि आधार ब्याजदरमा १.५ प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर ८.०९ प्रतिशत छ । अर्थात नबिलबाट कर्जा लिनलाई ९.५९ प्रतिशत  ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ।

सानिमा बैंक

सानिमा बैंकको स्टल नम्बर ‘इ १९’ रहेको छ। बैंकले गाडी किन्नलाइ बढीमा ९ बर्ष अवधिको लागि आधार ब्याजदरमा १ देखि १.५ प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर ९.३४ प्रतिशत छ। अर्थात सानिमाबाट कर्जा लिनलाई १०.३४ देखि १०.८४  प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ।

एनआइसी एशिया 

एनआइसी एशिया बैंकको स्टल नम्बर ‘इ २७’ रहेको छ। बैंकले गाडी किन्नलाइ धितोमा १५ बर्ष र बिना धितो ८ बर्ष अवधिको लागि आधार ब्याजदरमै ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार ब्याजदर ९.४८ प्रतिशत छ। अर्थात एनआइसीबाट कर्जा लिनलाई ९.४८ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ।

हिमालयन बैंक

हिमालयन बैंकको स्टल नम्बर ‘इ ४’ रहेको छ। बैंकले गाडी किन्नलाइ बढीमा ८ बर्ष अवधिको लागि आधार ब्याजदरमा १.५ प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर ९.०५ प्रतिशत छ। अर्थात हिमालयन बैंकबाट कर्जा लिनलाई १०.५४  प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ।

जनता बैंक

जनता बैंकको स्टल नम्बर ‘इ २८’ रहेको छ। बैंकले गाडी किन्नलाइ बढीमा ७ बर्ष अवधिको लागि आधार ब्याजदरमा १.५ प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर ९.९५ प्रतिशत छ। अर्थात जनता बैंकबाट कर्जा लिनलाई ११ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ। जनतासंग मर्जर प्रकृयामा रहेको ग्लोबल आइएमई बैंकको पनि जनतासंगै स्टल रहनेछ।   

सांग्रिला डेभलपमेन्ट बैंक

विकास बैंक मध्येबाट एक्लै प्रतिनिधित्व गरेको सांग्रिला डेभलपमेन्ट बैंकको स्टल नम्बर ‘इ २०’ रहेको छ। सांग्रिलाले गाडी किन्नलाइ बढीमा ७  बर्ष अवधिको लागि आधार ब्याजदरमा नै ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर ११.६ प्रतिशत छ। अर्थात सांग्रिलाबाट कर्जा लिनलाई ११.६ प्रतिशत ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved