नेपालको 'लुब्रिकेन्ट' बजारमा विदेशी ब्राण्डको दबदबा, सरकारको साथ खोज्दै नेपाली व्यवसायी

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 26, 2019 | 10:14:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सवारीसाधनको प्रयोग बढेसंगै नेपालमा ‘लुब्रिकेन्ट’ को बजार पनि उकासिएको छ। माग बढेपनि स्वदेशी भन्दा विदेशी कम्पनीले नै यसको बजार हिस्सा ओगटेका छन। 

नेपाली लुब्रिकेन्टले बजारको चौथाई मात्रै माग धानेको छ। जुन पदार्थ बिना गाडी नै गुड्दैन, उक्त पदार्थको उत्पादन समेत कम हुँदा आयातको विकल्प नभएको लुब्रिकेंट व्यवसायीको गुनासो छ।

 के हो लुब्रिकेन्ट ?

सवारी साधनसहित विभिन्न उपकरणसञ्चालन गर्ने चिल्लो, चिप्लो र नरम पदार्थलाई लुब्रिकेण्ट्स भनिन्छ । इञ्जिनले चल्ने सवारी सधान, कृषि उपकरण, विभिन्न चिज बस्तु उत्पादन गर्ने कलकारखानामा यसको प्रयोग गरिन्छ । चलिरहेका इञ्जिनलाई धेरै तात्न नदिने र चल्न सजिलो पार्ने काम गर्ने पदार्थलाई ल्युब्रिकेण्ट्स भनिन्छ । 

लुब्रिकेण्ट्समा इञ्जिन, गियर, ब्रेक, हाइड्रोलिक, ट्रान्समिसन, स्याण्डल, ट्रान्सफर्मर, फ्लसिङ र कटिङ आयलहरू पर्दछन् । इञ्जिन आयल, गियर आयल, ग्रीज र हाइड्रोलिक आयल बढी विक्रि हुने उत्पादनहरु हुन् । 

बजार कस्तो छ ?

नेपालमा अहिले १० वटा स्वदेशी कम्पनीले विभिन्न ब्राण्डका लुब्रिकेन्ट उत्पादन गर्छन् । करिब ३० करोड लिटर वार्षिक खपत हुने बजारमा स्वदेशी उत्पादनले धान्ने भनेको जम्मा ३५ प्रतिशत मात्रै हो । 

यसवर्ष नाडा अटो शो २०१९ मा १२ ब्राण्डका लुब्रिकेन्टले सहभागीता जनाउँदै छन। नेपाली उत्पादनका लुब्रिकेन्टले अहिले बजारमा जम्माजम्मी ३५ प्रतिशत हिस्सा ओगटेको नेपाल अटोमोबाईल्स डिलर्स एसोसिएसनका उपाध्यक्ष कृष्ण प्रसाद दुलालको भनाई छ । 

लुब्रिकेन्टको बजार सुधार र यसको व्यवसायीक दायरा बढाउन सरकारले नियममार्फत व्यवसायलाई कसेर नुहने दुलालको भनाई छ । ‘कानुन व्यवहारिक बनाएर कार्यान्वयनमा सहजता आउने हुनुपर्छ भन्ने व्यवसायीको भनाई हो’ उनले भने ।गाउँपालिका, नगरपालिका र केन्द्रमा सबैतिर दर्ता गर्नुपर्ने बाध्यताले गर्दा पनि व्यवसाय गर्न झन्झटिलो रहेको उनको भनाई छ ।

केही वर्षभित्रै स्वदेशी लुब्रिकेन्टको बजार हिस्सा ५० प्रतिशत पुर्याउने व्यवसायीको लक्ष्य छ । तर यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने उनीहरुको भनाई छ । पेट्रोलियम पदार्थ, लुब्रिकेन्ट र बिटुमिन गरेर नेपालको वार्षिक २ खर्ब ३० अर्ब बराबर रकम विदेशिन्छ । 

सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएपछि लुब्रिकेन्टको बजार खस्किनेमा व्यवसायी चिन्तित पनि छन् । तर अहिले नै सरकारले भनेजसरी विद्युतीय सवारीको प्रयोग ह्वात्तै बढिहाल्ने अवस्था भने छैन । तर पूराना र भएका सवारी पनि कम्तीमा २० वर्ष चल्ने भएकाले अझै केही दशक लुब्रिकेन्टको विकल्प नभएको व्यवसायीको दाबि छ। तर नाडाका उपाध्यक्ष दुलाल स्वयम् लुब्रिकेन्टको बजार कमजोर हुँदै गएको स्वीकार गर्छन् । 

विदेशी ब्राण्डको दबदबा

नेपालमा प्रयोग हुने लुब्रिकेण्ट्स मध्ये भारतीय ब्राण्डले बजार हिस्सा ओगटेको छ । सवारीमा प्रयोग हुने लुब्रिकेन्ट्मा विदेशी ब्राण्ड क्याष्ट्रोल पहिलो स्थानमा छ। व्यापारीहरू यो क्षेत्रको कुल खपतको ५५ प्रतिशत क्याष्ट्रोलले ओगटेको बताउँछन् । बाँकी ४५ प्रतिशतमा अन्य ब्राण्ड प्रतिस्पर्धा गरिरहेका छन् । 

गोल्छा अर्गनाइजेसनले भारतीय ब्राण्ड सर्वोलाई नेपाल भित्र्याएको वर्षौ भईसक्यो । गोल्छाका उद्योगहरुमा र यसले बिक्री गर्ने मोटर र बजाज मोटर साइकलमा यो लुब्रिकेन्ट प्रयोग भईरहेको छ । गाडी विक्रेता आफैँले भन्दा खुद्रामार्फत बढी लुब्रिकेण्ट्सको विक्रि हुने पाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved