बिजपाटी सम्बाददाता     Aug 27, 2019 | 03:01:32 PM



अर्थमन्त्री डा युबराज खतिवडाले उद्घाटन गरेसंगै आजदेखि गाडीहरुको कुम्भ मेला मानिने 'नाडा अटो शो' विधिवत रुपमा सुरु भएको छ। मेलामा चारपांग्रे, दुई पांग्रे र सवारीसंग सम्बन्धित कम्पनी गरि ९५ ब्राण्डको सहभागिता रहेको छ। 

गाडी खरिद गर्न चाहनेलाई वित्तीय तथा बीमा सेवा दिने उदेश्यले १३ बैंक वित्तीय संस्थाले समेत मेलामा सहभागिता जनाएका छन। सहभागिता जनाउनेमा एक विकास बैंक, ११ बाणिज्य बैंक र एक बीमा कम्पनी छन। सबैको बैंकको उदेश्य भनेको प्रदशनीस्थलबाट गाडी खरिदकर्तालाई वित्तीय सेवा प्रदान गर्ने हो। 

व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने कानुनी व्यवस्था छ। यद्दपी गाडी किन्दा ग्राहकलाई दिने ऋणको कर्जामा लाग्ने ब्याजको दर, कर्जा अवधि तथा अन्य सहुलियत तथा सुविधा भने बैंकपिच्छे फरक फरक हुने गर्दछ।

मर्जर प्रकृयामा रहेका जनता Janata Bank Nepal Limited  र ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले गाडीको मेलामा संयुक्त स्टल राखेर गाडी कर्जा दिने भएका छन। मेलामा स्टल नम्बर ‘इ २८’ बाट बैंकले ९.९९ प्रतिशत ब्याजदरमा नाडा अटो शोमा गाडी किन्न आउनेका लागि कर्जा दिनेछन । यी दुई बैंकले सेवा शुल्क वापत १ प्रतिशत सेवा शुल्क थप लिएर ७ वर्षका लागि कर्जा दिनेछन । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7