नाडा अटो शोमा गाडी कर्जामा बैंकबीच प्रतिस्पर्धा: कुन बैंकको ब्याजदर कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 27, 2019 | 03:39:16 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युबराज खतिवडाले उद्घाटन गरेसंगै आजदेखि गाडीहरुको कुम्भ मेला मानिने 'नाडा अटो शो' विधिवत रुपमा सुरु भएको छ। मेलामा चारपांग्रे, दुई पांग्रे र सवारीसंग सम्बन्धित कम्पनी गरि ९५ ब्राण्डको सहभागिता रहेको छ। 

गाडी खरिद गर्न चाहनेलाई वित्तीय तथा बीमा सेवा दिने उदेश्यले १३ बैंक वित्तीय संस्थाले समेत मेलामा सहभागिता जनाएका छन। सहभागिता जनाउनेमा एक विकास बैंक, ११ बाणिज्य बैंक र एक बीमा कम्पनी छन। सबैको बैंकको उदेश्य भनेको प्रदशनीस्थलबाट गाडी खरिदकर्तालाई वित्तीय सेवा प्रदान गर्ने हो। 

व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने कानुनी व्यवस्था छ। यद्दपी गाडी किन्दा ग्राहकलाई दिने ऋणको कर्जामा लाग्ने ब्याजको दर, कर्जा अवधि तथा अन्य सहुलियत तथा सुविधा भने बैंकपिच्छे फरक फरक हुने गर्दछ।

माछापुच्छ्रे बैंक

बैंकले १०.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । बैंकले आफ्नो आधार ब्याजदरमा ०.६२ प्रतिशत प्रिमियम थप गरेर कर्जा दिनेछ । माछापुच्छ्रेले सेवा शुल्क वापत ०.५ प्रतिशत थप शुल्क लिएर १० वर्षसम्मका लागि कर्जा दिन लागेको हो । 

स्ट्यान्डर्ड चार्टर्ड बैंक

बैंकले ९.३९ प्रतिशत ब्याजदरमा कर्जा दिने लागेको छ । बैंकको आधार ब्याजदर ७.६३ प्रतिशत रहेकोमा बाँकी प्रिमियम थप गरि ऋण दिने भएको हो । स्ट्यान्डर्ड चार्टर्डले सेवा शुल्क वापत ०.७५ प्रतिशत थप शुल्क लिनेछ । 

सानिमा बैंक

बैंकले १०.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने छ । सानिमाले ९.३४ प्रतिशत बेस रेटमा प्रिमियम थप गरि ०.७५ प्रतिशत सेवा शुल्क लिएर कर्जा दिन लागेको हो । बैंकले ९ वर्षका लागि ऋण दिने जनाएको छ ।

लक्ष्मी बैंक

बैंकले १०.५ प्रतिशत ब्याजदरमा इलेक्ट्रिक सवारीका लागि र इन्धनीय सवारीका लागि ११.५ प्रतिशतमा कर्जा दिनेछ । यो वापत बैंकले ०.५ प्रतिशत थप सेवा शुल्क लिनेछ । बैंकका अनुसार यो ब्याजदर ३ वर्षका लागि फिक्स हुनेछ । ३ वर्षपछि आधार ब्याजदरमा २ प्रतिशत ब्याजदर थप हुनेछ । 

नविल बैंक

नविलले इलेक्ट्रिक गाडीका लागि ९.५९ प्रतिशत र इन्धनीय सवारीका लागि १०.५९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्नेछ । आफ्नो आधार ब्याजदर ८.५ मा बाँकी प्रिमियम थप गरि कर्जा दिन लागेको हो । बैंकले ०.७५ प्रतिशत थप सेवा शुल्क लिएर ७ वर्षका लागि कर्जा दिनेछ ।

एनआईसी एशिया बैंक

बैंकले १५ वर्षका लागि सवारी कर्जा दिने जनाएको छ । इलेक्ट्रिक गाडीका लागि ९.५९ प्रतिशत र इन्धनीय गाडीका लागि बैंकले १०.५९ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको हो । बैंकले आधार ब्याजदरमा ०.९ प्रतिशत प्रिमियम थप गरि कर्जा दिने भएको हो । बैंकले सेवा शुल्क वापत थप ०.७५ प्रतिशत शुल्क लिनेछ ।

ग्लोवल आईएमइ र जनता बैंक

ग्लोवल आईएमइ र जनता बैंकले ९.९९ प्रतिशत ब्याजदरमा नाडा अटो शोमा गाडी किन्न आउनेका लागि कर्जा दिनेछन । यी दुई बैंकले सेवा शुल्क वापत १ प्रतिशत सेवा शुल्क थप लिएर ७ वर्षका लागि कर्जा दिनेछन । ग्लोवल आईएमइ र जनता मर्जर प्रक्रियामा रहेकाले दुवैको एउटै स्टल छ । 

बैंक अफ काठमाडौं 

बैंकले ११.४८ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । बैंकले आफ्नो आधा ब्याजदरमा १.५ प्रतिशत प्रिमियम थप गरि कर्जा दिन लागेको हो । ८ वर्षका लागि सवारी कर्जा दिँदा बैंकले बैंकले १ प्रतिशत सेवा शुल्क लिनेछ । 

एभरेष्ट बैंक

बैंकले ९.६६ प्रतिशतमा सवारी कर्जा दिनेछ । आधार ब्याजदर ८.१२ मा १.५ प्रिमियम थप गरि बैंकले ७ वर्षका लागि कर्जा दिने भएको हो । एभरेष्टले ५० लाख रुपैयाँभन्दा कम कर्जा लिनेका लागि ०.७५ प्रतिशत सेवा शुल्क र ५० लाखभन्दा बढी कर्जा लिनेका लागि ०.५० प्रतिशत सेवा शुल्क लिनेछ । 

हिमालयन बैंक

बैंकले ९.९५ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने लागेको छ । आफ्नो आधार ब्याजदर ९.०५ मा ०.९ प्रिमियम थप गरि बैंकले ८ वर्षका लागि कर्जा दिने भएको हो । यसवापत बैंकले सेवा शुल्कमा रुपमा ०.५ प्रतिशत थप शुल्क लिने छ ।

सांग्रिला डेभलपमेन्ट बैंक

विकास बैंकमध्ये नाडा अटो शोमा एक्लै सहभागी भएको बैंक हो सांग्रिला डेभलपमेन्ट बैंक । बैंकले ११.६६ प्रतिशत आधार ब्याजदरमै अटो कर्जा दिने भएको छ । बैंकले ०.७५ प्रतिशत थप सेवा शुल्क भने लिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved