महिन्द्राले नाडा अटो शोको अवसर पारेर नेपालमा नयाँ कम्प्याक्ट एसयूभी, एक्सयूभी ३०० सार्वजनिक गरेको छ । नयाँ एक्सयूभी ३०० को मूल्य पेट्रोल डब्लू फोर वर्गका लागि ३९ लाख ७५ हजार र डिजेल डब्लू फोर वर्गका लागि ४१ लाख २५ हजार तोकिएको कम्पनीले जनाएको छ । यी सवारी साधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलरमा उपलब्ध हुनेछ ।
यो एक्सयूभी ३०० पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ । एक्सयूभी ३०० तीन प्रकार डब्लु ४, डब्लु ६, डब्लु ८ मा उपलब्ध छ भने डब्लु ८ अफ्सनल प्याकमा पनि छ ।