बिजपाटी सम्बाददाता     Aug 29, 2019 | 03:37:47 PM



रेनोले आफ्नो नयाँ प्रोडक्ट अल्ट्रा मोडुलर एसयूभि–रेनो ट्राइबरको बुकिङ खुल्ला गरेको छ । रेनो ट्राइबर भ्रिकुटीमण्डपमा नाडा अटो शो २०१९ मा प्रदर्शनीमा पनि राखिएको छ ।

रेनो ट्राइबरको बुकिङ २७ अगष्ट बाटै शुरु भइसकेको छ र ग्राहकहरुले केहि रकम तिरेर नाडा अटो शो अथवा रेनोको ११ वटा अधिकृत डिलरबाट बुकिङ गर्न सक्नेछन् । 

यो गाडी प्रकारको रोडका लागि उपयूक्त रहेको कम्पनीले जनाएको छ । यो गाडीमा ४० लिटर पेट्रोल अट्ने क्षमता छ ।

नाडा अटो शो मा रेनोका क्याप्चर, डस्टर, क्विड र ट्राइबर प्रदर्शनीमा राखिएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7