सामाजिक सुरक्षा कोषमा को कसरी सहभागी हुन पाउँछन् ?

भावना लामा

भावना लामा

Dec 11, 2018 | 12:56:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हालै प्रारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिकहरुमा खुशी थपेको छ । तर अझै पनि यो कार्यक्रममा कसरी सहभागी हुने भन्ने बारे भने अन्यौलता कायमै छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई कार्यान्वयनमा ल्याउन सामाजिक सुरक्षा कोषले मुख्य भूमिका निर्वाह गर्दछ ।

सामाजिक सुरक्षा कोष नियमावली, २०६७ बमोजिम कोषको स्थापना भैसकेको छ । यो कोषले योजनाको व्यवस्थापन तथा संचालन गर्दछ । योगदानमा आधारीत सामाजिक सुरक्षा ऐन, २०७४ तर्जुमा भै कार्यन्वयनमा आए पश्चात हाल सोहि ऐन बमोजिम कोषले आफ्नो कार्य सञ्चालन गरिरहेको छ । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन रोजगारदाता कम्पनि तथा व्यवसायीक संस्थाहरुलाई तिन महिनाको समय दिएको छ । काठमाडौं उपत्यकाका ३ जील्लाभित्रका रोजगारदाताहरु मंसिर ६ देखि फागुन ६ भित्रमा कोषमा दर्ता हुनुपर्नेछ ।

उपत्यकाबाहेक प्रदेश ३ का रोजगारदाताले कोषमा अवद्ध हुन मंसिर १५ देखि फागुन १५ भित्र, प्रदेश १ का रोजगारदाताले पुस १ देखि चैत १ सम्म, प्रदेश २ ले पुस १५ देखि चैत १५ सम्म र गण्डकी एवं प्रदेश ५ का बासिन्दाले माघ १ देखि बैशाख १ गते तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका रोजगारदाताले माघ १५ देखि वैशाख १५ भित्र कोषमा सूचिकृत हुनुपर्नेछ । कोषको योजनामा सहभागीतामा सहजता ल्याउन सरकारले अनलाईन प्रणाली मार्फत निवेदन दिन पाउने व्यवस्था गरेको छ । यसको लागी कोषको अनलाईन लिंक http://ssf.gov.np मा गई निवेदन पेश गर्नुपर्ने हुन्छ ।

रोजगारदाताले आफू सहभागी भएको तिन महिनाभित्र आफ्ना अस्थायी, ज्यालादारी, स्थायी र करारमा काम गर्ने सम्पूर्ण श्रमिहरुलाई समेत सूचिकृत गराउनुपर्ने हुन्छ । सूचिकृत गराएको कर्मचारीलाई कोषले प्रमाणिकरण गरी योगदानकर्ताका रुपमा दर्ता गर्छ । कोषमा दर्ता भएपछि रोजगारदाताले आफ्ना कर्मचारी तथा श्रमिकको आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकममा रोजगारदाताको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत बराबरको योगदान रकम मासिक रुपमा कोषमा जम्मा गर्नुपर्ने हुन्छ । यसरी आवद्ध भएका कामदारले योजनामा व्यवस्था भएका पेन्सन सहितका सुविधा प्राप्त गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved